दफा २३
परीक्षा सम्बन्धी विशेष व्यवस्था
अपाङ्गता भएको वा शारीरिक अशक्तताको कारण आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन कठिनाई हुने परीक्षार्थीले परीक्षा सञ्चालन हुनुअघि सो व्यहोराको जानकारी गराएमा आयोगले त्यस्तो परीक्षार्थीलाई परीक्षामा सहभागी हुन अनुकूल हुने गरी विशेष व्यवस्था गर्न सक्नेछ ।